महासंघ बाजुराका पूर्वउपाध्यक्ष मल्ल पक्राउ र सो विषयमा सार्वजनिक भनाइहरुप्रति महासंघको गम्भीर ध्यानाकर्षण

२०७४/०४/०८
बाजुरा जिल्लामा पत्रकारिता क्षेत्र र पत्रकारहरुको विषयमा उत्पन्न समस्या र महासंघ बाजुराका पूर्व उपाध्यक्ष तथा ईमेज च्यानल टेलिभिजनका जिल्ला संवाददाता छक्क मल्ललाई प्रहरीले पक्राउ गरेको घटना एबं सो विषयमा सार्वजनिक विभिन्न भनाइहरुप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।

बाजुराको स्थलगत भ्रमणसमेत गरी यी सबै विषयलाई गम्भीरतापूर्वक अध्ययन गर्न, उत्पन्न समस्यालाई सकेसम्म स्थानीय तहमै समाधान गर्न र यसमा महासंघ केन्द्रले गर्नुपर्ने विषयमा केन्द्रलाई सुझावसमेत दिन महासंघ केन्द्रीय सदस्य तथा क्षेत्रीय संयोजक प्रकाशविक्रम शाहको संयोजकत्वमा मिसन टोली गठन गरिएको छ । मिसनमा महासंघका पूर्वउपाध्यक्ष चित्राङ्ग थापा र पूर्व केन्द्रीय सदस्य छत्र साउद सदस्य हुनुहुन्छ । उक्त मिसनलाई घटनाको बारेमा सत्यतथ्य बुझ्न र समस्याको समाधान गर्न आवश्यक सहयोग गर्नुहुन महासंघ सम्बद्ध सवैमा आग्रह गर्दछ ।


उजिर मगर
महासचिव