क्लीन फिड कार्यान्वयनबाट कुनै पनि बहानामा पछि नहट्न सरकारको ध्यानकर्षण


२०७४।०३।२७
राष्ट्रिय आमसञ्चार नीति, २०७३ एबं विभिन्न अध्ययन प्रतिवेदनसमेतका आधारमा गत वर्ष नै आगामी साउन १ गतेदेखि लागू हुनेगरी विदेशी च्यानलमा विज्ञापनरहित प्रसारण क्लीन फिड नीति लागू गर्ने नेपाल सरकारले निर्णय गरेकोमा नेपाल पत्रकार महासंघलगायत नेपाली मिडिया समुदायले उक्त घोषणा कार्यान्वयन तत्काल प्रारम्भ गरी साउन १ देखि पूर्णरूपमा कार्यान्वय हुनुपर्ने धारणा सार्वजनिक गरेको विदितै छ । उक्त नीति कार्यान्वयनका सम्मुखमा पुगेर अहिले पुनः विवादित भनाइहरू आएकोमा महासंघ गम्भीर चासो र सरोकार प्रकट गर्दछ ।
क्लीन फिड नीति विज्ञापनको विषय मात्र नभएर नेपाली मिडिया उद्योगको विकास र राष्ट्रिय स्वाभिमानसँग पनि प्रत्यक्ष जोडिएको संवेदनशील विषय हो । थुप्रै मुलुकमा अभ्यास भइरहेको र नेपालमै पनि अन्तर्राष्ट्रियरूपमा ख्यातिप्राप्त कतिपय मिडिया क्लीन फिड स्वरुपमै प्रसारण भइरहेको परिप्रेक्ष्यमा विदेशी टीभी च्यानलको नेपालमा प्रसारण हुँदा क्लीन फिड नीति लागू गर्न हिच्किचाउनुपर्ने अवस्था छैन । महासंघ आगामी साउन १ गतेदेखि पूर्णरूपमा क्लीन फिड कार्यान्वयनबाट कुनै पनि बहानामा पछि नहट्न सरकारको ध्यानकर्षण गराउँदछ ।

ध्रुव लम्साल
सचिव