सम्पादकलाइ विद्युतीय कारोबार ऐनअन्तर्गत कारबाही अघि बढाएको घटनाप्रति महासंघको गम्भीर ध्यानाकर्षण

 

मिति :२०७५।०८।१२
समाचार लेखेको अधारमा पोष्टपार्टी डटकमका सम्पादक गोपाल चन्दलाई प्रहरीले पक्राउ गरी विद्युतीय कारोबार ऐनअन्तर्गत कारबाही अघि बढाएको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।

प्रहरीले पटकपटक आफ्नो कार्यक्षेत्रभन्दा बाहिर गएर पत्रकारलाई पक्राउ गर्नु र मुद्दा चलाउनु प्रेस स्वतन्त्रतामाथिको आक्रमण हो भन्ने महासंघको ठहर छ । सञ्चारमाध्यममा प्रकाशित तथा प्रसारित सामग्रीका बारेमा छानबिन गर्ने र कारबाही गर्ने अधिकार प्रेस काउन्सिल नेपाललाई छ । काउन्सिलको अधिकार क्षेत्रमाथि हस्तक्षेप गर्दै प्रहरीबाट बारम्बार पत्रकार पक्राउ गरिनु र विभिन्न कानुनअन्तर्गत मुद्दा चलाउने कार्यले सञ्चार जगतलाई हतोत्सायी बनाएको छ । महासंघ यस्ता प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरोधी कार्य तत्काल बन्द गर्न र पक्राउ परेका पत्रकारलाई तत्काल रिहा गर्न माग गर्दछ ।

महासंघ आमसञ्चारकर्मीहरुलाई समाचार संप्रेषण गर्दा सत्यतथ्य र निष्पक्षतामा ध्यान दिन र पत्रकार आचारसंहिता पालनामा गम्भीर बन्न आहृवानसमेत गर्दछ ।


रमेश विष्ट
महासचिव

 Download