पत्रकारमाथि भएकाे दुर्व्यवहारकाे निन्दा

 

२०७४/२/२८
भक्तपुरको ठिमिस्थित हनुमन्ते खोलाको प्राकृतिक धार परिर्वतनको समाचार संकलनका क्रममा पत्रकारमाथि भएको दुव्र्यवहारको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।

हिजो जेठ २७ गते समाचार संकलनमा रहेकी महासंघ भक्तपुर शाखा कार्यसमिति सदस्य तथा कान्तिपुर दैनिककी लीला श्रेष्ठ, पार्षद एवं राससका फोटो पत्रकार रत्नकृष्ण श्रेष्ठ, रमेश गिरी र मिडिया एमपीका पत्रकार सुदिपकुमार पौडेललाई खोलाको धार परिवर्तन गराउने पक्षले दुव्र्यवहार गर्नुका साथै पत्रकारहरुको क्यामराको भिडियो फुटेज मेटाउने तथा मोबाइल फुटाउने प्रयाससमेत गरेको जानकारी प्राप्त भएको छ ।

नगारिकलाई सुसूचित गराउने कर्ममा जुटेका पत्रकारमाथि भएको यो घटना स्वतन्त्र पत्रकारितामाथिको हस्तक्षेप हो । महासंघ घटनाको निन्दा गर्दै दोषीमाथि कार्वाही गर्न सम्बन्धित निकायसँग माग गर्दछ ।


उजिर मगर
महाचिव