आक्रमण तथा प्रहरी हस्तक्षेपको निन्दा

मितिः २०७४/२/२५

नेपाल पत्रकार महासंघ पर्सा शाखा उपाध्यक्ष अनुप तिवारीलाई २०७४ जेठ २२ गते सुनियोजित रुपमा मोबिल खन्याई आगो लगाउन खोजेको घटनाका दोषीलाई अझैपनि कारबाही नभएकोप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । पत्रकार तिवारीलाई साँझको समयमा विरगंजको छप्कैयामा घर जाँदै गर्दा अज्ञात व्यक्तिहरुले दुव्र्यवहार गर्दै आगो लगाउन खोजेको जानकारी पर्सा शाखाबाट प्राप्त भएको छ ।
त्यसैगरी यहि जेठ २४ गते नेपाल पत्रकार महासंघ प्युठान शाखा सहसचिव तथा लिस्ने एफएमका साथै माउन्टेन टिभी प्युठान संवाददाता हरि भण्डारी र लिस्ने एफएम संवाददाता राजेन्द्र राउत क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको जानकारी प्राप्त भएको छ । पत्रकार भण्डारीलाई प्रहरीले आज रिहा गरेको भएतापनि पत्रकार क्षेत्री अझै प्रहरी हिरासतमै हुनुहुन्छ ।
महासंघ स्वतन्त्र पत्रकारिता माथि हुने नियोजित आक्रमण तथा प्रहरी हस्तक्षेपको निन्दा गर्दै दोषीमाथि कारबाहीको माग गर्दछ । घटनाका दोषीलाई कारवाही गर्न र पत्रकारहरुलाई निर्भयताकासाथ आफ्नो पेशामा लाग्ने वातावरण निर्माण गर्न सम्बन्धित पक्षसंग महासंघ माग गर्दछ ।

उजिर मगर
महासचिव