महासंघको जिल्ला, प्रतिष्ठान शाखा र एसोसिएटहरुको अधिवेशन आव्हान

२८ पुस २०७३
नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको ११औं केन्द्रीय समितिको बैठक २०७३ पुस २६ र २७ गते महासंघ केन्द्रीय कार्यालय सञ्चारग्राम काठमाडौंमा सम्पन्न भयो । अध्यक्ष डा. महेन्द्र विष्टको अध्यक्षतामा बसेको बैठकले संगठन सम्बन्धी देहाय बमोजिम निर्णयहरु गरेको छ ।

(क) नेपाल पत्रकार महासंघको आगामी २५औं महाधिवेशन प्रयोजनार्थ जिल्ला, प्रतिष्ठान शाखा र एसोसिएटहरुको अधिवेशन आव्हान गर्ने निर्णय गरेको छ । जिल्ला शाखा, प्रतिष्ठान र एसोसिएट अधिवेशन देहायबमोजिमका आठ चरणमा सम्पन्न गर्ने गरी कार्यतालिका तय गरिएको छ—

१. २०७३ फागुन ३ गते मंगलबार
पश्चिम क्षेत्रका जिल्ला शाखाहरुः गोरखा, लम्जुङ, तनहुँ, कास्की, पर्वत, बागलुङ, म्याग्दी, गुल्मी, पाल्पा, अर्घाखाँची, स्याङ्जा, रुपन्देही, कपिलवस्तु, नवलपरासी । मुस्ताङ र मनाङमा मौसमका कारण अनुकुलताका आधारमा मिति तय गरिने छ ।
२. २०७३ फागुन ७ गते शनिबार
पूर्व क्षेत्रका जिल्ला शाखाहरुः तेह्रथुम, पाँचथर, ताप्लेजुङ, इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, भोजपुर, खोटाङ्ग, ओखलढुंगा, सोलुखुम्बु, संखुवासभा, उदयपुर, सिराह, सप्तरी ।
३. २०७३ फागुन १२ गते बिहीबार
मध्यपश्चिम क्षेत्रका जिल्ला शाखाहरुः रुकुम, रोल्पा, प्यूठान, दाङ, सल्यान, जाजरकोट, बाँके, बर्दिया, सुर्खेत, दैलेख ।
४. २०७३ फागुन १७ गते मंगलबार
मध्य क्षेत्रका जिल्ला शाखाहरुः रामेछाप, सिन्धुली, दोलखा, सिन्धुपाल्चोक, काभ्रे, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा, मकवानपुर, चितवन, धादिङ, नुवाकोट, रसुवा ।
५. २०७३ फागुन २२ गते आइतबार
सुदुरपश्चिम क्षेक्रका जिल्ला शाखाहरुः कैलाली, कञ्चनपुर, डडेलधुरा, डोटी, अछाम, बाजुरा, बैतडी, दार्चुला, बझाङ ।
६. २०७३ फागुन २४ गते मंगलबार ः काठमाडौं उपत्यकाका सवै प्रतिष्ठान शाखाहरु ।
७. २०७३ फागुन २५ गते बुधबार ः एसोसिएट तर्पmका सबै संस्थाहरु ।
८. २०७३ फागुन २६ गते बिहीबार ः उपत्यकाका काठमाडौं, भक्तपुर, ललितपुर तथा कर्णाली क्षेत्रका सवै जिल्ला शाखाहरु जुम्ला, हुम्ला, मुगू, कालीकोट र डोल्पा ।
(ख) बैठकले आगामी जिल्ला, प्रतिष्ठान र एसोसिएट शाखा अधिवेशनका निर्वाचनका लागि ‘नेपाल पत्रकार महासंघ, शाखा निर्वाचन (कार्यविधि) निर्देशिका २०६४ (तेस्रो संविधान २०७३)’ स्वीकृत गरी जारी गरेको छ ।
(ग) महासंघको नयाँ सदस्यताका लागि प्राप्त आवेदन तथा शाखाहरुको सिफारिस, तत्सम्बन्धी गुनासा, उजुरी एवं क्षेत्रीय समितिको सिफारिस समेतका आधारमा संगठन समितिले टुंगो लगाई केन्द्रीय समितिमा प्रतिवेदनसहित प्रस्तुत ग¥यो । सदस्यता टुंगो लाग्न बाँकी रहेका जिल्ला तथा प्रतिष्ठान शाखा र एशोसियटको सदस्यता टुंगो लगाउन केन्द्रीय समितिले सचिवालयलाई जिम्मेवारी सुम्पिएको छ ।
...................
उजिर मगर
महासचिव