पत्रकारलाई भौतिक कारबाहीको धम्की दिएको घटनाकाे भर्त्सना

 

मिति : २०७८।०९।१८

प्रकाशित समाचारको विषयलाई लिएर रातोपाटी अनलाइनका कर्णाली प्रदेश प्रतिनिधि पंखबहादुर शाहीलाई सामाजिक सञ्जालमार्फत अपशब्द प्रयोग गर्दै गालीगलौज र भौतिक कारबाहीको धम्की दिएको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ ।

महासंघ सुर्खेत शाखाका अनुसार रातोपाटी अनलाइनमा पुस १५ गते बिहीबार वीरेन्द्रचोकमा वीरेन्द्रको शालिक पुनर्स्थापनासम्बन्धी समाचार प्रकाशित भएपछि पत्रकार शाहीलाई राजकुमार शाही, भरत शाही ठकुरी, टिजंग शाहीलगायतका व्यक्तिले सामाजिक सञ्जालमार्फत गालीगलौज र भौतिक कारबाहीको धम्की दिएका थिए ।

प्रकाशित समाचारप्रति चित्त नबुझे त्यसउपर कानुनी उपचार खोजिनु पर्नेमा पत्रकारलाई यस किसिमले धम्क्याउनु प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप हो । महासंघ प्रेसविरोधी यस घटनाको कडा भर्त्सना गर्दछ । र, धम्की दिने व्यक्तिहरूलाई तत्काल कानुनी दायरामा ल्याएर पत्रकारको सुरक्षा र स्वतन्त्रतामा गम्भीर बन्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछ ।

.....................

रोसन पुरी

महासचिव

 Download