पत्रकार उमाकान्त पाण्डेलाई युएई प्रहरीले पक्राउ गरेको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण

मिति : २०७८।११।११

वैदेशिक रोजगारीका सिलसिलामा युएईमा रहेका उज्यालो रेडियो नेर्टवर्कमा कार्यरत पत्रकार उमाकान्त पाण्डेलाई नेपालमा रहँदा सामाजिक सञ्जालमा लेखिएको स्ट्याटसलाई लिएर युएई प्रहरीले पक्राउ गरेको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।

पत्रकार पाण्डेलाई नेपालमा रहँदा जनवरी ७ -पुस २३) गते 'सामाजिक सञ्जालमा भिजिट भिसामा नेपाली राजदूतावासको संलग्ना रहेको आशयमा' लेखिएको स्ट्याटसलाई लिएर युएई प्रहरीले पक्राउ गरी साइबर क्राइमको मुद्दा लगाई त्यहाँको सेन्ट्रल जेलमा राखिएको जानकारी प्राप्त भएको छ । पत्रकार पाण्डेको परिवारले नेपाली दूतावासकै उजुरीमा युएई प्रहरीले पत्रकार पाण्डेलाई पक्राउ गरेको महासंघलाई जानकारी गराएको छ ।

नेपालमा रहँदा लेखिएको स्ट्याटसलाई लिएर नेपाली दूतावासले उजुरी दिने र युएई प्रहरीले नेपाली पत्रकारलाई पक्राउ गरी साइबर क्राइमको मुद्दा लगाई जेलमा राखिनु अभिव्यक्ति स्वतन्त्रताको विश्वव्यापी मान्यताविपरीत हुनुका साथै अभिव्यक्ति स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप हो । महासंघ यो घटनाको छानबिन गरी पत्रकार पाण्डेको रिहाईका लागि तत्काल पहल गर्न नेपाल सरकार, परराष्ट्र मन्त्रालय र युएइस्थित नेपाली दूतावासको ध्यानाकर्षा गराउँदछ ।

 

रोसन पुरी

महासचिव

 Download