धादिङ शाखाका पूर्वसभापति राजेन्द्रप्रताप शाहको निधन: महासंघ स्तब्ध

मिति : २०७८।१२।०४

नेपाल पत्रकार महासंघ धादिङ शाखाका पूर्वसभापति अग्रज पत्रकार राजेन्द्रप्रताप शाहको असामयिक निधन भएको दुःखद् खबरले नेपाल पत्रकार महासंघ स्तब्ध भएको छ । चैत्र २ गते साँझ छोरीलाई होस्टेलमा लिन जाने क्रममा एक्कासि रक्तचाप कम भएर बाटोमा ढलेपछि उपचारका लागि ललितपुरस्थित अल्का अस्पताल पु¥याइएको र शाहको उपचारकै क्रममा बिहीबार निधन भएको हो ।

वि.सं. २०१७ साल बैशाख २९ गते धादिङको ज्वालामुखी गाउँपालिका–३ मा जन्मनु भएका शाह केही समयदेखि परिवारसहित काठमाडौंमा बस्दै आउनु भएको थियो । स्वर्गीय शाहका श्रीमती र एक छोरी छन् ।

विगत तीन दशकदेखि पत्रकारितामा सक्रिय शाहले रेडियो नेपाल, कान्तिपुर दैनिकलगायत थुप्रै सञ्चारमाध्यममा काम गर्नु भएको थियो । धादिङ शाखाको संस्थापक सचिवसमेत रहेका शाहले धादिङमा पत्रकारिता क्षेत्रको विकासका लागि विशेष योगदान पु¥याउनु भएको थियो । उहाँको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक अनुभवी, जुझारु र शालीन पत्रकार गुमाएको छ भने महासंघ धादिङ शाखाले अभिभावक गुमाएको छ ।

नेपाल पत्रकार महासंघ स्वर्गीय पत्रकार शाहप्रति हार्दिक श्रद्घाञ्जली अर्पण गदै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछ । साथै, शोकको यस घडीमा शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस भन्ने कामनासहित गहिरो समवेदना व्यक्त गर्दछ ।

रोसन पुरी

महासचिव

 Download