प्रेस काउन्सिलको दायरामा पर्ने कुरामा प्रवेश गरी पत्रकारलाई आतंकित पार्ने र सम्पर्कविहीन भई बस्नुपर्ने अवस्था सिर्जना गर्नेु निन्दनीय

 

मिति : २०७९।०५।०५

न्यूज अभियान डटकम अनलाइनका सम्पादक छाँयाचन्द्र भण्डारी समाचार लेखेकै कारण अहिले परिवारसमेतको सम्पर्कमा नरही लुकिछिपी बस्नपरेको जानकारी उहाँँ आवद्ध पत्रकार महासंघको काठमाडौं शाखाले जानकारी गराएको छ ।

कुनै पनि समाचारका विषयमा चित्त नबुझे कानुनी उपचारको बाटो रहेको छ । समाचारमा प्रकाशित विषय आचारसंहिताको परिधिभित्र छ÷छैन भनी अनुगमन गर्ने निकाय प्रेस काउन्सिल नेपाल हो । काउन्सिलले त्यस्ता सामग्रीमाथिको उजुरी लिने र सुनवाईसमेत गर्ने गर्दछ ।

यो प्रक्रियालाई अवज्ञा गर्दै प्रेस काउन्सिलको दायरामा पर्ने कुरामा समेत प्रवेश गरी पत्रकारलाई आतंकित पार्ने र सम्पर्कविहीन भई बस्नुपर्ने अवस्था सिर्जना गर्ने काम निन्दनीय छ । तसर्थ, पत्रकार भण्डारीलाई सहज रूपमा पत्रकारिता गर्ने वातावरण निर्माण गर्न महासंघ जोडदार माग गर्दछ ।

साथै, समाचार प्रवाह गर्दा आचारसंहिताप्रति सचेत रही पत्रकारिताको मर्यादाको पूर्ण पालना गर्नुपर्ने कुरामा महासंघ स्पष्ट छ । महासंघ यसतर्फ सबैको ध्यानाकर्षणसमेत गराउँदछ ।

गोविन्दप्रसाद चौलागाई

सचिव

 Download