पत्रकारमाथि भएकाे कुटपिटको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण

मिति : २०७९।०६।०६

समाचार संकलनका क्रममा अनलाइनपाना डटकमका प्रधानसम्पादक नारायणप्रसाद अधिकारी र पत्रकार शालिक भट्टमाथि अज्ञात समुहले कुटपिट गरी घाइते बनाएको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ ।

असोज ५ गते बुधबार सर्लाहीको बागमती नगरपालिकाबाट समाचार संकलन गरी फर्कने क्रममा पूर्व–पश्चिम राजमार्गमा सवारी छेकेर पत्रकारद्वयमाथि ४/५ जनाको समुहमा आएका व्यक्तिहरूबाट निर्घात कुटपिट भएको महासंघको सर्लाही शाखाले जनाएको छ ।

स्वतन्त्रपूर्वक सञ्चारकर्ममा जुटेका पत्रकारमाथि भएको कुटपिटको यो घटना अत्यन्त निन्दनीय र प्रेसविरोधी हर्कत हुन् । महासंघ घटनामा संलग्नलाई तत्काल पहिचान गरी कानुनी दायरामा ल्याउन र पत्रकारलाई सुरक्षाको प्रत्याभूति दिलाउन सम्बन्धित पक्षसँग माग गर्दछ ।

रोसन पुरी

महासचि

 Download