पत्रकार विनु सुवेदीलाई अनेरास्ववियुका राष्ट्रिय अध्यक्ष सुनिता बरालले समाजिक सञ्जालर्फत धम्की दिएको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण

मिति : २०७९।०६।०७

समाचारको विषयलाई लिएर अनलाइन खबर डटकममा कार्यरत पत्रकार विनु सुवेदीलाई नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुका राष्ट्रिय अध्यक्ष सुनिता बरालले समाजिक सञ्जाल ट्वीटरमार्फत कुटपिट गर्ने भनी धम्काएको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ ।

पत्रकार सुवेदीलाई झापामा रिर्पोटिङ गरेर फर्किएपछि ‘विनु सुवेदीले कुन दिन झापाली जनताको रामधुलाई भेट्छिन्’ भनी एमाले कार्यकर्ताबाट गरेको ट्वीटमा अनेरास्ववियु अध्यक्ष बरालले असोज ६ गते बिहीबार कमेन्ट गर्दै जरुरत पर्लाजस्तो छ भनेर धम्की दिएको महासंघमा जानकारी प्राप्त भएको छ ।

सामाजिक सञ्जालमा विचार अभिव्यक्त गर्नु र त्यसप्रति टिकाटिप्पणी हुनु अभिव्यक्ति स्वतन्त्रता हो । तर अभिव्यक्ति स्वतन्त्रताका नाममा एउटा जिम्मेवार व्यक्तिबाट सामाजिक सञ्जालमार्फत पत्रकारलाई आक्रमणको ठाडो धम्की दिनु अत्यन्त दुःखद् र अशोभनीय काम हो । महासंघ यस किसिमको हर्कतको कडा शब्दमा भर्त्सना गर्दै प्रेसको संवैधानिक स्वतन्त्रता र अधिकार सम्मान गर्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँदछ ।

रोसन पुरी

महासचिव

 Download