डेंगु संक्रमणका कारण पत्रकार अधिकारीको निधन

 

मिति : २०७९।०७।१६

रेडियो भोटेवडारमा कार्यरत पत्रकार चाँदनी अधिकारीको डेंगु संक्रमणका कारण २३ वर्षको अल्पायुमै उपचारको क्रममा निधन भएको दुःखद् खबर महासंघ स्तब्ध भएको छ ।

डेंगु सक्रमित भई कात्तिक १५ गते लमजुङस्थित मोडल अस्पतालमा उपचाररत अधिकारीलाई थप उपचारका लागि आज बिहान चितवन मेडिकल कलेज (न्यू सिएमसि) पुर्‍याइएकोमा उपचारकै क्रममा ६ः३० बजे निधन भएको हो ।

लमजुङमा सक्रिय पत्रकारितामा गर्दै आउनुभएकी अधिकारीको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक जुझारु र उर्जावान युवा पत्रकार गुमाएको छ ।

नेपाल पत्रकार महासंघ स्वर्गीय अधिकारीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछ । साथै, शोकको यस घडीमा शोकसन्तप्त परिवारजनमा धैर्यधारणको कामना र गहिरो समवेदना प्रकट गर्दछ ।

रोसन पुरी

महासचिव

 Download