रेडियो बंगलाचुलीको कार्यकक्षमा एक समुह प्रवेश गरी सञ्चारकर्मीलाई दुव्र्यवहार र कार्यालयमा तोडफोड गरेएको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण

मिति.२०७९/०८/२०
                                                               

दाङबाट प्रसारित हुने रेडियो बंगलाचुली ९१ दशमलब ७ मेगाहर्जको कार्यकक्षमा एक समुह प्रवेश गरेर त्यहाँ कार्यरत सञ्चारकर्मीलाई दुव्र्यवहार गरेको, धम्की दिएको तथा कार्यालयमा तोडफोड र आन्तरिक कागजपत्र च्यात्ने काम गरिएको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ ।

महासंघ दाङ शाखाका अनुसार  मंसिर १९ गते सोमबार दिउँसो १ः३० बजेतिर एक्कासि प्रवेश गरेका सो समूहले सञ्चारकर्मीमाथि दुव्र्यवहार गर्ने, धम्की  दिने तथा रेडियोमा तोडफोड र कार्यालयको आन्तरिक कागजपत्र च्यातिदिएको थियो ।

कुनै पनि बहानामा रेडियोमा प्रवेश गरेर सञ्चारकर्मी र रेडियोमा यस किसिमको हर्कत हुनु अत्यन्त निन्दनीय संविधानविपरीतको काम हो । सञ्चारकर्मीलाई हतोत्साहित र त्रसित बनाउने यस्ता कार्यले पत्रकारको सुरक्षा खतरा बढेको महासंघको ठहर छ ।

महासंघ प्रेस स्वतन्त्रता विरोधी यस्ता कार्यमा संलग्न जो कोही भए पनि कानुनी दायरामा ल्याउन र पत्रकार तथा सञ्चारमाध्यमको सुरक्षामा गम्भीर बन्न सम्बन्धित निकायसँग माग गर्दछ ।

..........................
रोसन पुरी
महासचिव

 Download