पत्रकार नवीन चौधरीलाई अज्ञात समुहले सांघातिक आक्रमण गरी घाइते बनाएको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण

 

 

मिति : २०७९।११।२५

नेपाल पत्रकार महासंघ महोत्तरी शाखाका कार्यसमिति सदस्य तथा एपिवान टेलिभिजनका संवाददाता नवीन चौधरीलाई अज्ञात समुहले सांघातिक आक्रमण गरी घाइते बनाएको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ ।

महासंघ महोत्तरी शाखाका अनुसार फागुन २४ गते बुधबार महोत्तरीको जलेश्वर नगरपालिका–५ स्थित चौरिया गाउँमा मदिरा सेवन गरेका सो समुहले पत्रकार चौधरीलाई नियन्त्रणमा लिएर निर्घात कुटपिट गर्नुका साथै सिसाको बोतलले टाउकोमा प्रहार गरेका थिए । आक्रमणबाट पत्रकार चौधरीको टाउको र शरीरका विभिन्न भागमा चोट लागेको छ ।

कुनै पनि बहानामा पत्रकारमाथि यस किसिमले आक्रमण हुनु अत्यन्त निन्दनीय र प्रेस स्वतन्त्रतामाथिको आक्रमण हो । महासंघ पत्रकारलाई असुरक्षित र त्रसिद बनाउने यो घटनामा संलग्नको तत्काल पहिचान गरी कानुनी दायरामा ल्याएर पत्रकारलाई सुरक्षित र निर्भयका साथ काम गर्ने वातावरण निर्माण गर्न सम्बन्धित निकायसँग माग गर्दछ ।

रोसन पुरी

महासचिव

 Download