नेपाल पत्रकार महासंघ मकवानपुर शाखा सदस्य इन्द्रप्रसाद बन्जारालाई प्रहरीले नियन्त्रणमा लिएको घटनाप्रति महासंघको ध्यानाकर्षण

मिति : २०८०।०१।१५

नेपाल पत्रकार महासंघ मकवानपुर शाखाका सदस्य इन्द्रप्रसाद बन्जारा (रमेश) लाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले अनुसन्धानको लागि भनी नियन्त्रणमा लिएको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ ।

महासंघ बागमती प्रदेश समितिका अनुसार पत्रकार बन्जारालाई एक महिलाले २०७९ चैत्र ३० गते दिएको उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालयले सोही दिन नियन्त्रणमा लिएको थियो ।

उक्त घटनासँग जोडिएर केही दिनयता विभिन्न सञ्चारमाध्यममा समाचार तथा सिसिटिभी फुटेजहरु प्रकाशन÷प्रसारण भैरहेको सन्दर्भमा कुनै दबाब र प्रभावबिना घटनाको निष्पक्ष र दोहोरो छानबिन गर्न महासंघ सम्बन्धित निकायसँग माग गर्दछ ।

 

रोसन पुरी

महासचिव

 Download