पत्रकार पाण्डेको निधनप्रति शोक व्यक्त

२०७३।०३।१०
नेपाल पत्रकार महासंघ पर्सा शाखाकी सदस्य विन्दू पाण्डेको ५३ वर्षको उमेरमा उपचारको क्रममा असार ५ गते  असामयिक निधन भएको दुखद खवरले नेपाल पत्रकार महासंघ स्तब्ध भएको छ । पत्रकार पाण्डेलाई ह्दयघात भएपछि जेठ २३ गते गंगालाल र बीर अस्पताललगायतमा उपचार गराइएको थियो ।

२०४१ सालदेखि पत्रकारिता सुरु गर्नुभएकी पत्रकार पाण्डे पछिल्लो समय उत्थान साप्ताहिककी सम्पादक ÷प्रकाशक हुनुहुन्थ्यो । उहाँको निधनलाई महासंघले नेपाली पत्रकारिता क्षेत्रमा अपूरणीय क्षतिका रुपमा लिएको छ । स्वर्गीय पाण्डेका श्रीमान, एक छोरा र एक छोरी छन् । स्वर्गीय पाण्डेकी श्रीमान सुदर्शनराज पाण्डे पनि पत्रकारितामा संलग्न हुनुहुन्छ ।

नेपाल पत्रकार महासंघ श्रीमती स्वर्गीय पाण्डेप्रति हार्दिक श्रद्धाञ्जली अपर्ण गर्दै मृतआत्माको चिरशान्तिको कामना गर्दछ । साथै, दुःखको यस घडीमा उहाँका श्रीमान वरिष्ठ पत्रकार सुदर्शनराज पाण्डेसहित शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दछ ।

    ................
    उजिर मगर
    महासचिव