नेपाल पत्रकार महासंघ, राजधानी दैनिक प्रतिष्ठान शाखाका अध्यक्ष ईश्वर विश्वकर्मामाथि भएको जातीय विभेद तथा आक्रमण प्रयासको घटनामा नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले छानबिन समिति गठन

मितिः २०८०।०३।३१

राजधानी न्यूज पब्लिकेशनद्धारा सञ्चालित राजधानी दैनिक पत्रिकाको कार्यालय परिसरमा मिति २०८०।०३।०८ गते नेपाल पत्रकार महासंघ, राजधानी दैनिक प्रतिष्ठान शाखाका अध्यक्ष ईश्वर विश्वकर्मामाथि भएको जातीय विभेद तथा आक्रमण प्रयासको घटनामा नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले छानबिन समिति गठन गरेको छ ।

सो समितिमा नेपाल पत्रकार महासंघका सचिव गोविन्द चौलागाई संयोजक तथा केन्द्रीय सदस्यहरु विकास कार्की, प्रकाश धौलाकोटी र प्रतिष्ठान प्रदेशका अध्यक्ष बालकृष्ण अधिकारी सदस्य रहनु भएको छ ।

राजधानी दैनिकमा उक्त दिनको घटनापछि पत्रकार तथा कर्मचारीहरु सुरक्षाको विषयलाई लिएर हालसम्म पनि कार्यालयमा जान नसकेको र कतिपयको हाजिरी समेत हटाइएको जानकारी आएको छ ।

समितिले उक्त दिन भएको घटना तथा श्रमजीवी पत्रकार तथा कर्मचारीहरुको विषयमा सम्बन्धित पक्ष र सरोरकारवालासँग छलफल गरी यथाशक्य अध्ययन प्रतिवेदन तयार गर्नेछ ।

.................

पवन आचार्य

सचिव

May be an image of text