बझाङका पत्रकार सुनिल मण्डेललाई अपहरण गरेर बन्दी बनाएर आक्रमण गरिएको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण

मिति : २०८०।०४।०९

नेपाल पत्रकार महासंघ बझाङ शाखाका सदस्य एवं रेडियो खप्तड आवाज र नेपाल एंगल अनलाइनमा कार्यरत पत्रकार सुनिल मण्डेललाई अपहरण गरेर बन्दी बनाएर आक्रमण गरिएको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ ।

साउन ८ गते सोमबार होटल होलिडे इनका सञ्चालक तथा राष्ट्रिय स्वतन्त्र पार्टीका बझाङ जिल्ला संयोजक नगेन्द्र खड्काको निर्देशनमा पत्रकार मण्डेललाई निवासबाटै अपहरण गरेर बन्दी बनाइ आक्रमण गरिएको महासंघ बझाङ शाखाले जनाएको छ ।

अमानवीय र अपराधिक शैलीमा पत्रकारमाथि गरिएको आक्रमणको यो घटना प्रेस स्वतन्त्रताविरोधी हुनुका साथै अत्यन्त निन्दनीय हर्कत हो ।

पत्रकारलाई हतोत्साहित र त्रसित बनाउने यो घटनाको छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन स्थानीय प्रशासनसँग माग गर्दै महासंघ संविधानले सुनिश्चित गरेको प्रेस स्वतन्त्रताको सम्मान गर्न सम्बन्धित पार्टीको ध्यानाकर्षण गराउँदछ ।

रोसन पुरी

महासचिव

 Download