सर्लाहीको धड्कन एफएममा कार्यरत सञ्चारकर्मी शिवकुमार महतोलाई फोन गरेर गालीगलौज गर्दै धम्क्याएको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण

 

मिति : २०८०।११।१८

सर्लाहीको धड्कन एफएममा कार्यरत सञ्चारकर्मी शिवकुमार महतोलाई फोन गरेर गालीगलौज गर्दै धम्क्याएको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ ।

फागुन १६ गते बुधबार दिउँसो सञ्चारकर्मी महतोलाई ९८१५८७५४९१ नम्बरको मोबाइलबाट फोन गरेर पत्रकारिता गर्न आउँदैन भन्दै गालीगलौजसहित खुट्टा भाचिदिन्छु भनेर धम्क्याएको महासंघको सर्लाही शाखाले जनाएको छ ।

पत्रकारलाई यस किसिमले धम्क्याउनु प्रेस स्वतन्त्रताविरोधी काम हो । महासंघ धम्की दिने व्यक्तिको पहिचान गरी कानुनी कारबाहीको दायरामा ल्याउन र पत्रकारलाई सुरक्षित रुपमा काम गर्ने वातावरण बनाउन स्थानीय प्रशासनको ध्यानाकर्षण गराउँदछ ।

..................

रोसन पुरी

महासचिव

 Download