पत्रकार कृष्ण बहाव भट्टराईमाथि इटहरी उपमहानगरपालिका नगर प्रहरीले गरेको दुर्व्यवहारको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण

 

 

मितिः २०८०/१२/०४

नेपाल पत्रकार महासंघ सुनसरी शाखा सदस्य तथा शिलापत्र डटकमका संवाददाता कृष्ण बहाव भट्टराईमाथि इटहरी उपमहानगरपालिका नगर प्रहरीले गरेको दुर्व्यवहारको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।

यही चैत १ गते इटहरी उपमहानगरपालिका कार्यालय अगाडि धर्नामा बसेका सिटी सवारी चालकको आन्दोलनको समाचार संकलन गर्ने क्रममा पत्रकार भट्टराईलाई नगर प्रहरीले धक्का लगाउदै मोबाइल खोस्नुका साथै दुर्व्यवहार गरेको नेपाल पत्रकार महासंघ कोशी प्रदेश समितिले जनाएको छ । 

पत्रकार रहेको जानकारी हुँदाहुँदै नगरप्रहरीबाट भएको यस घटनाको महासंघ विरोध गर्दै व्यवसायिक पत्रकारिताको सम्मान गर्न आग्रह गर्दछ । साथै, महासंघ घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कारबाही गर्न सम्बन्धित पक्षसँग माग गर्दछ । 

...............
रोसन पुरी
महासचिव

 Download