पत्रकार विक्रम परियारको दुर्घटनामा परी दुःखद निधन भएको खबरले नेपाल पत्रकार महासंघ स्तब्ध

 

मिति : २०८०/१२/०६


नेपाल पत्रकार महासंघ रुकुम पूर्व शाखा सहसचिव विक्रम परियारको दुर्घटनामा परी दुःखद निधन भएको खबरले नेपाल पत्रकार महासंघ स्तब्ध भएको छ । 
यही चैत ५ गते रुकुम पूर्वबाट काठमाडौं आउनेक्रममा बागमती प्रदेश ०१ ००६ ख ३८७९ नम्बरको यात्रुवाहक बस बागलुङको निसिखोला गाउँपालिमा दुर्घटना हुँदा पत्रकार परियारसहित ८ जनाको घटनास्थलमा मृत्यु भएको थियो ।  

२२ वर्षीय पत्रकार परियार विगत ४ वर्षदेखि पत्रकारितामा सक्रिय हुनुहुन्थ्यो । उहाँ  अन्नपूर्ण पोस्ट दैनिक, हिमालय टेलिभिजन र रेडियो पूर्वी रुकुममा संवाददाताका रुपमा कार्यरत रहनुभएको थियो । पत्रकार परियारको निधनले नेपालको पत्रकारिता क्षेत्रले एक उर्जाशील पत्रकार गुमाएको छ ।

 महासंघ दुर्घटनामा परी दुःखद निधन भएका पत्रकार परियार सहित दिवंगत सबैप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछ । साथै, शोकको घडीमा रहनुभएका परिवारजनमा समवेदना व्यक्त गर्दै महासंघ घाइते सबैको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ । 

 

रोसन पुरी 
महासचिव 

 Download