पत्रकारलाइ धम्की दिइएको घट्नाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण

आज मिति २०७४ भदौ २६ गतेको नयाँ पत्रिका राष्टिय दैनिकमा प्रकाशित ‘ग्र्याभिटी करेन्सीका नाममा नेटवर्किङ बिजनेसबाट नयाँ ठगी’ शिर्षकको समाचार लेख्ने पत्रकार उमेश पौडेललाई ‘ठीक पार्ने’ धम्की दिइएको घट्नाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।
पत्रकार महासंघ नयाँ पत्रिका प्रतिष्ठान शाखाले समाचारकै विषयलाई लिएर ज्ञानप्रसाद पौडेलले मोबाइल नं. ९८५१०२०५८१ बाट पत्रकार पौडेलाइ फोन गरी धम्की दिएको जनाएको छ ।
समाचार प्रकाशन भएको विषयमा चित्त नबुझ्ने पक्षले कानुनी बाटोबाट उपचार पाउने हक सुरक्षित छ । तर, सोझै पत्रकारलाई ‘ठीक पार्ने’ सम्मको धम्की दिनु निन्दनीय छ । प्रेस स्वतन्त्रतामाथिको नाङगो हस्तक्षेप महासंघलाई सैह्य छैन । 
अतः समाचार लेखेकै आधारमा यसरी धम्की दिने जो कोही भए पनि तत्काल कानुनी कठघरामा उभ्याउन ढिला नगरियोस् र, भविष्यमा समेत यस्ता घट्ना दोहोरिन नदिन सम्बन्धित पक्ष सतर्क रहोस् भनी महासंघ माग गर्दछ ।

...................
रामप्रसाद दाहाल 
सचिव