सिधाकुरा डटकमका पत्रकार जियालाल साहलाई लक्षित गर्दै सामाजिक सञ्जालमार्फत दिइएको धम्कीप्रति महासंघको ध्यानाकर्षण

 

मिति : २०८१।०९।२०

नेपाल पत्रकार महासंघ पर्सा शाखाका सदस्य एवं सिधाकुरा डटकमका पत्रकार जियालाल साहलाई लक्षित गर्दै सामाजिक सञ्जालमार्फत दिइएको धम्कीप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ

महासंघ मधेस प्रदेश समितिका अनुसार पर्साको सखुवाप्रसौनीमा आयोजित एक कार्यक्रममा विवादास्पद पृष्ठभूमिका व्यक्तिलाई पार्टीमा प्रवेश गराएको विषयमा सिधाकुरा अनलाइनमा २०८१ पुस १४ गते आइतबार समाचार प्रकाशन भएको थियो ।

सोही समाचारको विषयलाई लिएर पत्रकार साहको फोटो नै राखेर केही व्यक्तिहरुले सामाजिक सञ्जालमा धम्कीपूर्ण र बदनाम गराउने स्ट्याटस लेखेको प्रदेश समितिले जनाइएको छ ।

सामाजिक सञ्जालमा विचार अभिव्यक्त गर्नु र टीकाटीप्पणी हुनु व्यक्तिको अभिव्यक्ति स्वतन्त्रता हो । तर, अभिव्यक्ति स्वतन्त्रताको नाममा पत्रकारलाई असुरक्षित गराउने र चरित्रमा ठेस पुर्‍याउने क्रियाकलाप हुनु अत्यन्त निन्दनीय र सामाजिक अपराध हो ।

महासंघ पत्रकारलाई हतोत्साहित र बदनाम बनाउने हर्कतमा संलग्न व्यक्तिको तत्काल पहिचान गरी आवश्यक कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाएर पत्रकारलाई सुरक्षा र स्वतन्त्रताको प्रत्याभूति दिलाउन सम्बन्धित निकायसँग माग गर्दछ ।

 

रामप्रसाद दाहाल

महासचिव

 Download