मितिः २०८१।१०।१४
नेपाल पत्रकार महासंघ सर्लाही शाखाका अध्यक्ष ओमप्रकाश ठाकुरलाई मातृशोक परेको दुःखद् खबरले नेपाल पत्रकार महासंघ स्तब्ध भएको छ । उहाँकी ७० वर्षीया ममतामयी आमा वैदेही देवीको माघ १२ गते शनिबार साँझ निधन भएको हो ।
भारतको महाकुम्भ स्नानका लागि जाँदै गर्दा नेपाल–भारत सीमा नजिक अचानक अचेत भएर उपचारको लागि प्रादेशिक अस्पताल मलंगवा पु¥याउनासाथ देवीलाई चिकित्सकले मृत घोषणा गरेका पारिवारिक स्रोतले जनाएको छ । स्वर्गीय वैदेही देवीका श्रीमान, एक छोरा र चार छोरी हुनुहुन्छ ।
नेपाल पत्रकार महासंघ स्वर्गीय आमाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ र उहाँको आत्माको चिरशान्तिको कामना गर्दछ । साथै, शोकको यस घडीमा शाखा अध्यक्ष ओमप्रकाश ठाकुरसहित शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस भन्ने कामना गर्दै गहिरो समवेदना व्यक्त गर्दछ ।
रामप्रसाद दाहाल
महासचिव