पत्रकार आक्रमणको भर्त्सना

२०७४÷०६÷०६

नेपाल पत्रकार महासंघकी सभासद् एवं ‘नयाँ विद्रोह’ साप्ताहिककी सम्पादक तथा प्रकाशक भावना प्रसाई ‘विद्रोही’ माथि असोज ४ गते भएको आक्रमणको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । बुधबार राति करिव ९ः३० बजेतिर बागबजारमा भएको आक्रमणबाट पत्रकार विद्रोहीको नाक र टाउकोमा गहिरो चोट लागेको छ ।


पत्रकार विद्रोहीको वीर अस्पतालको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । घाइते पत्रकार विद्रोहीको स्वास्थ्यलाभको कामना गर्दै महासंघ पत्रकार आक्रमणको भत्र्सना गर्दै दोषिमाथि कारबाही गर्न र पत्रकारको सुरक्षामा गम्भीर बन्न सम्बन्धित निकायसँग माग गर्दछ ।

    ....................
    रमेश विष्ट
    महासचिव