मिति : २०८१।१२।०५
पत्रकार मिलन विकलाई नेपाल लाइफ इन्स्योरेन्स मन्थलीकी अभिकर्ता कमला बस्नेत (कार्की) ले फोनबाट भौतिक कारबाहीको धम्की दिएकोमा नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ ।
चैत्र २ गते शनिबार रामेछापटाइम्स डटकममा भिडियोसहित उक्त इन्स्योरेन्सका बारेमा प्रसारण भएको समाचार सामग्रीलाई लिएर अभिकर्ता बस्नेतले महासंघ रामेछाप शाखाका कार्यसमिति सदस्य पत्रकार विकलाई अपमानपूर्वक व्यवहार गर्दै भौतिक कारबाहीको धम्की दिएकी महासंघ रामेछाप शाखाले जनाएको छ ।
कुनै पनि समाचारमा गुनासो भए त्यसविरुद्ध कानुनी उपचार या प्रेस काउन्सिलमा उजुरी गर्नसकिने प्रावधानविपरीत पत्रकारलाई यस किसिमको व्यवहार गरी धम्क्याएको यो घटनालाई महासंघले निन्दनीय र प्रेस स्वतन्त्रता विरोधी हर्कतको रुपमा लिएको छ ।
महासंघ यो हर्कतको कडा भर्त्सना गर्दछ । र, धम्की दिनेलाई कानुनी दायरामा ल्याएर पत्रकारलाई स्वतन्त्र र सुरक्षित रुपमा काम गर्ने वातावरण निर्माणका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछ ।
रामप्रसाद दाहाल
महासचिव