मिति ; २०८१।१२।०५
फोटो खिच्ने क्रममा हिमाल खबर डटकममा कार्यरत फोटो पत्रकार अजय हाकुजूमाथि भएको आक्रमणप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ ।
आज दिउँसो ललितपुरस्थित पाटन संयुक्त क्याम्पस अगाडि सडकमा लाठी र रड बोकेका युवाहरूको फोटो खिँचिरहेको अवस्थामा पत्रकार हाकुजूलाई एक समुहले खिँचिएको फोटो मेटाउन लगाइ एक्कासि आक्रमणसमेत गरेका थिए ।
स्वतन्त्रतापूर्वक पेशागत धर्म निर्वाह गरिरहेको पत्रकारमाथि भएको यो आक्रमणलाई महासंघले अन्यन्त निन्दनीय र प्रेस स्वतन्त्रतामाथिको ज्यादतीको रुपमा लिएको छ ।
महासंघ प्रेसमाथि भएको यो ज्यादतीको कडा भर्त्सना गर्दै घटनामा संलग्नलाई तत्काल कानुनी दायरामा ल्याएर पत्रकारलाई सुरक्षाको प्रत्याभूति दिलाउन सम्बन्धित निकायसँग माग गर्दछ ।
रामप्रसाद दाहाल
महासचिव