मिति :२०८१।१२।०७
पत्रकार संगीता बानियाँको उपचारको क्रममा ३० वर्षको अल्पायुमै भएको असामयिक निधनको खबरले नेपाल पत्रकार महासंघ स्तब्ध र दुःखी भएको छ । ब्रेन क्यान्सरबाट पीडित पत्रकार बानियाँको आज बिहान चितवन मेडिकल कलेजमा निधन भएको हो ।
नेपाल पत्रकार महासंघ चितवन शाखाकी सदस्य बानियाँ पछिल्लो समय चितवनको शिवशक्ति रेडियोमा कार्यरत हुनुहुन्थ्यो । भरतपुर महानगरपालिका–१४ निवासी पत्रकार बानियाँकोे निधनले नेपाली पत्रकारिता क्षेत्रले एक कुशल र जुझारु महिला पत्रकार गुमाउनुका साथै महासंघले सक्रिय सदस्य गुमाएको छ ।
महासंघ स्वर्गीय पत्रकार बानियाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछ । साथै, शोकको यस घडीमा शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस भन्ने कामनासहित गहिरो समवेदना प्रकट गर्दछ ।
रामप्रसाद दाहाल
महासचिव