मिति : २०८१।१२।१३
नेपाल पत्रकार महासंघ बारा शाखाका अध्यक्ष रमेश सुवेदीलाई पितृशोक परेको दुःखद् खबरले नेपाल पत्रकार महासंघ स्तब्ध भएको छ । उहाँका पूज्य पिता ज्ञानबहादुर सुवेदीको ९० वर्षको उमेरमा आज निधन भएको हो ।
नेपाल पत्रकार महासंघ स्वर्गीय पिताप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ । र, दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछ । साथै, शोकको यस घडीमा पितृशोकमा पर्नुभएका अध्यक्ष रमेश सुवेदीसहित शोकाकुल परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस भन्ने कामना गर्दै गहिरो समवेदना प्रकट गर्दछ ।
रामप्रसाद दाहाल
महासचिव