सिरहाका पत्रकार मुकेश यादवलाई पहिचान नखुलेका व्यक्तिहरूले कुटपिट गरी घाइते बनाएकोमा नेपाल पत्रकार महासंघको ध्यानाकर्षण

 

मिति : २०८१।१२।२२

सिरहामा क्रियाशील पत्रकार मुकेश यादवलाई पहिचान नखुलेका व्यक्तिहरूले कुटपिट गरी घाइते बनाएकोमा नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ।

महासंघ सिरहा शाखाका अनुसार चैत्र २० गते बुधबार साँझ ७ बजेको समयमा घर जाँदै गर्दा पत्रकार यादवमाथि आक्रमण भएको थियो । आक्रमणबाट घाइते भएका पत्रकार यादवको मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको शाखाले जनाएको छ ।

जुनसुकै बहानामा भए पनि यो आक्रमण अत्यन्त निन्दनीय र प्रेस स्वतन्त्रतामाथिको प्रहार हो । महासंघ यस्ता हर्कतमा संलग्नको तत्काल पहिचान गरी कानुनी दायरा ल्याउन र पत्रकारको सुरक्षामा गम्भीर हुन तथा घाइते पत्रकारको उपचारको व्यवस्था मिलाउन सम्बन्धित निकायसँग माग गर्दछ ।

साथै, घाइते पत्रकार यादवको स्वास्थ्यलाभको कामना गर्दछ ।

रामप्रसाद दाहाल

महासचिव

 Download