प्रहरीले नियन्त्रणमा लिएर आक्रमण गरेको घटनाप्रति महासंघको ध्यानाकर्षण

मितिः२०७४/७/१

नेपाल पत्रकार महासंघ आछाम जिल्ला केन्द्रीय सभासद् यज्ञराज ढुंगानालाई प्रहरीले नियन्त्रणमा लिएर आक्रमण गरेको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।
पीडित पत्रकार ढुंगानाका अनुसार असोज ३० गते राति करिव सवा ८ बजेतरि  आछामको मंगलसेनस्थित मनकामना कटेज होटलमा साथिहरुसंग वसिरहेको अवस्थामा प्रहरी सहायक निरिक्षक पदम बुढामगरको नेत्रृत्वमा खटिएको प्रहरीले अपशब्द प्रयोग गर्दै आक्रमण गरि केहि समय नियन्त्रणमा लिएका थिए । आक्रमणका कारण उहाँको टाउको तथा आँखाको डिलमा चोट लागेको छ । 
पत्रकारमाथि हुने हरेक घटनाको महासंघ विरोध गर्दै घटनाको सत्यतथ्य छानविन गरि दोषीमाथि कारबाही गर्न सम्बन्धीत पक्षसंग महासंघ आग्रह गर्दछ । 

 

रमेश विष्ट
महासचिव
 ।