समाचार संकलनका लागि गएका पत्रकारमाथि दुर्व्यवहार गर्नु र नियन्त्रणमा लिनु प्रेस स्वतन्त्रताको उल्लंघनः महासंघ

मिति ः २०७४।०७।२७

टिभी टुडेका सम्वाददाता कान्ता गिरी र क्यामेरा पर्सन दर्शन खत्रीमाथि समाचार संकलनका क्रममा ‘इन्ष्टिच्यूट अफ मेनेजमेन्ट स्टटिज’ का सञ्चालक भावना राणा र त्यहाँका कर्मचारीले गरेको दुव्र्यवहार तथा प्रहरीको गिरफ्तारीप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।

समाचार संकलनका लागि अग्रिम जानकारी गराएर पुगेका पत्रकारद्वय गिरी र खत्रीलाई सञ्चालक राणासहितका कर्मचारीले गालीगलौज गर्नुका साथै क्यामेरा र मोवाइल नियन्त्रणमा लिई हातापातको प्रयास गरेका थिए । सोही क्रममा प्रहरीले पत्रकारद्वयलाई गिरफ्तार गरी सिंहदरबार वृत्तमा करिव चार घण्टा नियन्त्रणमा राखेको थियो । नेपाल पत्रकार महासंघ र प्रेस काउन्सिल नेपालको पहलमा आइतबार साँझ पत्रकारद्वयलाई मुक्त गरिएको छ ।

उक्त शैक्षिक संस्थामा पूर्व जानकारी गराएर समाचार संकलनका लागि गएका पत्रकारमाथि दुव्र्यवहार गर्नु र प्रहरीले नियन्त्रणमा लिएको घटनाले प्रेस स्वतन्त्रताको गम्भीर उल्लंघन भएको महासंघको ठहर छ । निर्वाधरूपमा समाचार संकलन र संप्रेषण गर्न पाउने पत्रकारको संवैधानिक र कानुनी अधिकार कुण्ठित गर्ने यस प्रकारको घटनाको महासंघ विरोध र भत्र्सना गर्दछ । महासंघ दोषीमाथि कानुनी कारबाही गर्न र प्रेस स्वतन्त्रताविरोधी घटना दोहोरिन नदिन सम्बन्धित पक्षसँग माग गर्दछ ।

.......................
रमेश विष्ट
महासचिव