पत्रकार घिमिरेको निधनबाट नेपाल पत्रकार महासंघ स्तब्ध भएको छ

मितिः२०७४/२/२

संस्कृत भाषाका ज्ञात तथा सञ्चारकर्मी जनार्दन घिमिरेको दुर्घटनामा परी उपचारकै क्रममा हिजो बिहान दुःखद् निधन भएको छ । घिमिरेको निधनबाट नेपाल पत्रकार महासंघ स्तब्ध भएको छ । संचारकर्मी जनार्दनसँगै दुर्घटनामा परी उहाँका पिता मुक्तिनाथ घिमिरे र माता रत्नकुमारी घिमिरेको समेत निधन भएको छ । नेपाल पत्रकार महासंघ संचारकर्मी घिमिरे तथा उहाँका पिता÷माताप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौं । शोकसन्तप्त परिवारजनप्रति धैर्यधारणका लागि हार्दिक समवेदना व्यक्त गर्दछौं ।
गत बिहीबार काठमाडौंबाट जन्मघर लामिडाँडा दोलखा मतदान गर्ने गरी जाँदै गर्दा सिन्धुपाल्चोक खाडीचौरस्थित तीनकिलोमा घिमिरे दुर्घटनामा पर्नुभएको थियो । सञ्चारकर्मी घिमिरेको महाराजगञ्जस्थित मनमोहन कार्डियो भास्कुलर सेन्टरमा उपचारकै क्रममा निधन भएको हो । संस्कृत व्याकरणका प्राध्यापक घिमिरेले रेडियो कान्तिपुरमा धार्मिक कार्यक्रम सञ्चालन गर्नुहुन्थ्यो । उनको त्यो कार्यक्रम लोकप्रिय थियो । घिमिरेको घिमिरेको ‘शब्द सन्दोह’ नामक कृति प्रख्यात छ ।


उजिर मगर
महासचिव