पत्रकार तथा सञ्चारमाध्यममाथि भएका हस्तक्षेपका घटनाप्रति महासंघको गम्भीर ध्यानाकर्षण

२०७४।०१।२६
समाचारको विषयलाई लिएर पछिल्ला केही दिनहरुमा पत्रकार तथा सञ्चारमाध्यममाथि भएका हस्तक्षेपका घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।

फोटो पत्रकार अजय देसारलाई वैशाख ११ गते ललितपुरको नखिपोटमा अज्ञात व्यक्तिले आक्रमण गरी क्यामरामा समेत क्षति पु¥याएका थिए । उहाँमाथि भएको आक्रमणको हालसम्म पनि अनुसन्धान तथा दोषीलाई पक्राउ गर्ने काम समेत नभएकोमा महासंघ आपत्ती जनाउँछ ।
यसैगरी पर्वतमा नवदृष्टि अनलाइनका पत्रकार तथा महासंघ पर्वतका पूर्वउपाध्यक्ष गोपाल जि.सि.लाई वैशाख २१ गते पक्राउ गरिएको छ भने रोल्पाका पत्रकार तथा महासंघका प्रदेश पार्षद पुष्टमान घर्ती मगरलाई वैशाख २५ गते पक्राउ गरिएको छ । राजधानीका केही अनलाइन माध्यम र त्यसमा संलग्न पत्रकारलाई धम्क्याइएको विवरण पनि प्रकाशमा आएको छ ।

निर्वाचनको संवेदनशील घडिमा पत्रकारले निर्वाचन आचार संहिताको पालना र पत्रकारिताको मर्यादाअनुरुप व्यवसायिक अभ्यास गर्न पत्रकार तथा सञ्चार माध्यमलाई एवं पत्रकारलाई उनीहरुको व्यवसायिक दायित्व निर्वाहमा कुनै अवरोध नगर्न सम्बद्ध पक्षलाई महासंघ गम्भीर ध्यानाकर्षण गराउँछ ।

महासंघले सञ्चार माध्यम तथा पत्रकारमाथि हुने हस्तक्षेप र प्रेस स्वतन्त्रता हनन्का घटनाहरुलाई सुक्ष्मरुपमा अनुगमन गरिरहेको छ । पत्रकारविरुद्ध हुने कुनै पनि घटनाहरुलाई गम्भिरतापूर्वक लिई तत्काल उचित कानूनी कारवाही गर्न र पत्रकारलाई अनाहकमा दुःख नदिन महासंघ सम्बद्ध पक्षको ध्यानाकर्षण गराउँछ ।

प्रभात चलाउने
सचिव