मिति : २०८२।०५।०९
समाचारप्रति असहमति जनाउदै धादिङ सिद्धलेक गाउँपालिकाका अध्यक्ष परशुराम खतिवडाले नगर प्रहरीको समुहसहित धादिङ न्युज डटकमका प्रधान सम्पादक केशव अधिकारी र बागमती कलम डटकमका प्रधान सम्पादक अनिल कुमार नेपालीलाई धम्की दिएको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ ।
अध्यक्ष खतिवडाल सञ्चारमाध्यमको कार्यालयमै गई दुव्र्यवहार गर्नुका साथै धम्की दिएको महासंघ धादिङ शाखाले जनाएको छ । शिक्षक सरुवा तथा विद्यालय समायोजन गर्ने गाँउपालिकाको निर्णयका आधारमा समाचार प्रकाशन भएकोमा उनको असहमति रहेको शाखाले जनाएको छ ।
प्रकाशित समाचारप्रति असहमति भए विधि अनुसरण गर्न सकिने व्यवस्था विपरीत पत्रकारमाथि धम्की दिनु प्रेस स्वतन्त्रता विरोधी कार्य हो । अतः महासंघ यस कार्यको निन्दा गर्दै प्रेसको अधिकारमाथि हस्तक्षेप नगर्न सम्बन्धित पक्षसंग आग्रह गर्दछ । साथै, पत्रकारलाई धम्की दिने कार्यमा संलग्नहरुलाई कारबाही गर्न महासंघ अख्तियारी प्राप्त निकायसंग माग गर्दछ ।
रामप्रसाद दाहाल
महासचिव