मिति : २०८२/०५/११
समाचार संकलनमा रहेका पत्रकार बालकुमार शर्मालाई प्रहरीले गरेको दुर्व्यवहारप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ ।
यही भदौ १० गते जाजरकोटको भेरी नगरपालिका, ४ मा आयोजित हरितालिका तिज कार्यक्रमको मञ्च पछाडि बोलाई प्रहरी निरीक्षक सन्तोष चन्दसंग आएका एक प्रहरी कर्मचारीले पत्रकार शर्माको मोबाइल खोसेर भिडियो तथा तस्विर मेटाइदिएको महासंघ जाजरकोट शाखाले जनाएको छ ।
स्वतन्त्रतापूर्वक समाचार संकलन गर्न पाउनु पत्रकारको अधिकार हो । अतः प्रहरीबाट महासंघ जाजरकोट शाखाका निवर्तमान अध्यक्ष शर्मामाथि भएको अमर्यादित हर्कतको महासंघ भत्र्सना गर्दछ ।
घटनाको छानबिन गरी दोषीमाथि कारबाही गर्न र पत्रकार तथा प्रेस स्वतन्त्रता विपरीतका कुनैपनि कार्य नगर्न सम्बन्धित पक्षसंग महासंघ माग गर्दछ ।
रामप्रसाद दाहाल
महासचिव