समाचारकै आधारमा पत्रकार लक्ष्मण विसी र मंगेश दयाललाई अश्लील गालीगलौज गर्दै भौतिक आक्रमणको धम्की दिइएकोमा नेपाल पत्रकार महासंघको ध्यानाकर्षण

 

मिति : २०८२।०७।२६

समाचारकै आधारमा पत्रकार लक्ष्मण विसी र मंगेश दयाललाई अश्लील गालीगलौज गर्दै भौतिक आक्रमणको धम्की दिइएकोमा नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ ।

बैतडस्थित आमचौर स्वास्थ्य चौकीका सिनियर अहेव भानबहादुर चन्दबाट फोनमार्फत पटकपटक शाखा उपाध्यक्ष विसी र सहसचिव दयालमाथि यस्तो व्यवहार भएको महासंघ बैतडी शाखाले जनाएको छ ।

कुनै पनि समाचारमा गुनासो भए त्यसको समाधान कानुनी या प्रचलित विधि अनुसार खोज्नुपर्नेमा पत्रकारलाई धम्क्याउने कार्यलाई महासंघले अत्यन्त निन्दनीय र प्रेस स्वतन्त्रताविरोधी कदमका रुपमा लिएको छ ।

महासंघ घटनाको छानबिन गरी दोषीलाई कानुनी कारबाहीको प्रक्रियामा ल्याउन सम्बन्धित निकायसँग माग गर्दछ ।

रामप्रसाद दाहाल

महासचिव

 Download