प्रधानमन्त्री विरुद्ध भएको प्रदर्शनको फोटो खिचिरहेको अवस्थामा फोटो पत्रकार वर्षा शाहलाई प्रहरीले पक्राउ गरेकोमा नेपाल पत्रकार महासंघको ध्यानाकर्षण

 

मिति : २०८२।०९।०२

प्रधानमन्त्री विरुद्ध भएको प्रदर्शनको फोटो खिचिरहेको अवस्थामा फोटो पत्रकार वर्षा शाहलाई प्रहरीले पक्राउ गरेकोमा नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ ।

यही पुस १ गते मंगलबार साँझ बालुवाटारस्थित प्रधानमन्त्री निवास अगाडि भएको विरोध प्रदर्शनमा नसोधी खिचेको भन्दै तस्बिर मेटाउन दबाब दिँदै केही घण्टा नियन्त्रणमा राखी शाहलाई छाडेको महासंघको एसोसिएट संस्था फोटो जर्नालिस्ट क्लवले जनाएको छ ।

प्रेसको पहिचानसहित सञ्चारकर्ममा जुटेका पत्रकारमाथि प्रहरीले गरेको यो व्यवहारप्रति महासंघ निन्दा र भत्सर्ना गर्दछ ।

महासंघ प्रेसको संवैधानिक अधिकारको सम्मान गर्न र यस्ता हर्कत नदोहोर्‍याउन सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछ ।

रामप्रसाद दाहाल

महासचिव

 Download