मिडिया कन्टेन्ट, सुरक्षा र अपराध विषयक अन्तरक्रिया कार्यक्रम अायाेजना

 मिडिया कन्टेन्ट, सुरक्षा र अपराध विषयक अन्तरक्रिया कार्यक्रम अायाेजना



Sep 21, 2018


असाेज ५, काठमाडाैं ।  नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले पत्रकारको स्वनियमन गर्न सञ्चारगृह सक्षम रहेको भन्दै कानुन माफर्त पत्रकारितालाई संकुचन गर्न नहुने धारणा राख्नु भएको छ ।
महासंघले आज आयोजना गरेको मिडिया कन्टेन्ट, सुरक्षा र अपराध विषयक अन्तरक्रिया कार्यक्रममा अध्यक्ष आचार्यले हाल पत्रकारिताको क्षेत्रमा देखिएका समस्या र त्यसको समाधानका लागि सबै सञ्चारमाध्यमका सम्पादकसंग छलफल गरिएको बताउनु भएको छ ।
कार्यक्रममा पत्रकारिताका विज्ञ तथा प्राध्यापक पि. खरेलले समाचारका विषयबस्तुमा विविधता हुनुपर्ने धारणा राख्नु भएको छ । उहाँले समाचारको स्रोत उल्लेख गर्दा समाचारको सत्यतालाई प्रमाणित गरेर मात्रै संप्रेषण गर्नुपर्ने बताउनु भएको छ ।
त्रि.वी पत्रकारिता केन्द्रीय विभाग प्रमुख चिरञ्जीवी खनालले समाचार संप्रेषण गर्दा  पत्रकारको व्यक्तिगत धारणा धेरै आउने गरेको भन्दै त्यसतर्फ ध्यान दिन पत्रकारलाई आग्रह गर्नुभयो ।
नेपाल पत्रकार महासंघ एसोसिएट प्रदेश समितिका अध्यक्ष केपी ढुंगानाले अपराधको समाचार संप्रेषण गर्दा पत्रकारहरु बाझिएका कारण समाचारमा एकरुपता नआउने बताउनु भएको थियो । कार्यक्रममा विभिन्न सञ्चारमाध्यमा अपराध विषयमा समाचार संकलन गर्ने पत्रकारहरुले आफ्नो धारणा राख्नु भएको थियो । 
महासंघका केन्द्रीय सदस्य एवं मिडिया कन्टेन्ट समितिका संयोजक राधेश्याम दाहालले नेपाली पत्रकार तथा पत्रकारिता क्षेत्रमा देखिएका समस्याको पहिचान गरी त्यसको निराकरण गर्ने उद्देश्यले यो कार्यक्रमको आयोजना गरिएको बताउनु भयो ।