महासंघको केन्द्रीय साधारणसभाद्वारा पारित प्रस्तावहरुको कार्यान्वयनका सम्बन्धमा  सञ्चार सम्वद्ध संघसंगठनका प्रतिनिधिहरुसंग छलफल आयोजना 

महासंघको केन्द्रीय साधारणसभाद्वारा पारित प्रस्तावहरुको कार्यान्वयनका सम्बन्धमा  सञ्चार सम्वद्ध संघसंगठनका प्रतिनिधिहरुसंग छलफल आयोजना 



Mar 17, 2019

चैत ३, काठमाडाैं ।  नेपाल पत्रकार महासंघले फागुन ९ र १० गते पोखरामा सम्पन्न महासंघको केन्द्रीय साधारणसभाद्वारा पारित प्रस्तावहरुको कार्यान्वयनका सम्बन्धमा आज सञ्चार सम्वद्ध संघसंगठनका प्रतिनिधिहरुसंग छलफल गरेको छ । 
कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले सबैको सहमतिअनुसार महासंघलाई समावेशीकरण गर्न विधान संशोधन गर्न लागिएको बताउँदै सहयोग गर्ने सबै सञ्चार संवद्धसंघ संस्थाप्रति हार्दिक धन्यबाद व्यक्त गर्नु भयो । उहाँले महासंघलाई समयानुकूल समावेशीकरण गर्दै लगिने बताउनु भयो । 
महासंघका महासचिव रमेश विष्टले बेला बेला आइपर्ने महासंघको सदस्यतासम्बन्धीे समस्यालाई सबै संगठनका प्रतिनिधि बसेर सदाका लागि निराकरण गरिने बताउनुभयो । उहाँले पत्रकारिताको परिधि भित्र बसेर पत्रकारिता गर्ने सबै पत्रकारको सुरक्षाको प्रत्याभूति महासंघले दिलाउने बताउनुभयो । 
कार्यक्रममा सचिव लक्ष्मी पुनले चितवनमा आयेजित पत्रकारहरुको राष्ट्रिय महिला सम्मेलको भावनाअनुसार महासंघको विधानमा महिला उपाध्यक्ष राखिएको बताउनुभयो ।  
कार्यक्रममा नेपाल प्रेस यूनियनका उपाध्यक्ष तथा प्रेस काउन्सिल नेपालका सदस्य इश्वरी ओझाले प्रदेश तथा स्थानीय निकायमा बन्दै गरेको कानूनले प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्नसक्ने भएकोले त्यसतर्फ सबैले ध्यान दिनुपर्ने धारणा राख्नुभयो । 
कार्यक्रममा प्रेस चौतारी नेपालका पूर्व उपाध्यक्ष माधव नेपाल, महासचिव राजेश राईले महासंघको साधारणसभाद्वारा घोषणा गरिएको प्रस्तावनाको कार्यान्वयनको लागि शुभकामना व्यक्त गर्नुभयो । 
न्यूनतम पारिश्रमिकका अध्यक्ष गंगाधर पराजुलीले साना लगानीका मिडियामा देखिएको समस्या समाधानका लागि न्यूनतम पारिश्रमिक निर्धारण समितिले पहल गरिरहेको बताउनुभयो । 
कार्यक्रमा सहभागी प्रगतिशिल पत्रकार संघका अध्यक्ष नारायण शर्मा, जनपत्रकार संगठन नेपालका महासचिव हिम विष्ट, मिडिया नेपालका अध्यक्ष गोपाल पौड्याल प्रेस सोसाइटीका संयोजक केशव अर्याल, जनजाती पत्रकार संघका अध्ष्क्ष डण्ड गुरुङ्ग, सञ्चारिका समूहकी अध्यक्ष नितु पण्ति, सामुदायीक रेडियो प्रशारण संघ नेपालका अध्यक्ष सुभास खतिवडा तथा उपाध्यक्ष अर्जुन गिरीलगायतले महासंघको साधारणसभाद्वारा पारित प्रस्तावहरुको स्वागत व्यक्त गर्दै  त्यसको कार्यान्वयनका लागि शुभकामना दिनुभयो ।