“मिडिया कप फुटसल प्रतियोगिता २०७५”को फाइनलमा प्रेस संगठन नेपाल र नेपाल प्रेस यूनियन फाइनलमा 

“मिडिया कप फुटसल प्रतियोगिता २०७५”को फाइनलमा प्रेस संगठन नेपाल र नेपाल प्रेस यूनियन फाइनलमा 



Mar 28, 2019


चैत १४ , काठमाडौं । नेपाल पत्रकार महासंघको ६४औं स्थापना दिवसको अवसरमा आज आयोजित “मिडिया कप फुटसल प्रतियोगिता २०७५” मा नेपाल प्रेस युनियन र प्रेस संगठन नेपाल फाइनलमा पुगेका छन् । आज तेस्रो स्थानकालागि भएको खेलमा इमेज च्यानलले नेपाल टेलिभिजनलाई हराउदै विजयी भएको छ । दुबै टिमबिच चारचार गोल भएपछि टाइब्रेकरमा इमेज च्यानलले नेपाल टेलिभिजनलाई हराउदै तेस्रो हुन सफल भएको हो । 
नेपाल पत्रकार महासंघको ६४औं स्थापना दिवसका अवसरमा आयोजना गरिएको फुटसल प्रतियोगितालाई नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य र राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष पिताम्बर तिम्सिनाले संयुक्त रुपमा रेफ्रीलाई बल हस्तान्तरण गर्दै  उद्घाटन गर्नुभएको हो । 
सञ्चार क्षेत्रसंग सम्बन्धी विभिन्न एघार संघसस्थाका टोलीले प्रतियोगितामा भाग लिएका थिए । प्रतियोगितामा नेपाल पत्रकार महासंघ केन्द्रीय समिति (ए), नेपाल पत्रकार महासंघ केन्द्रीय समिति (बी), सूचना विभाग,  प्रेस काउन्सिल नेपाल , नेपाल पत्रकार महासंघ काठमाडौं शाखा (ए) , नेपाल पत्रकार महासंघ काठमाडौं शाखा (बी) ,  इमेज च्यानल, नेपाल टेलिभिजन, नेपाल प्रेस युनियन र प्रेस संगठन नेपाल, नेपाल पत्रकार मञ्च लगायतले भाग लिएका थिए । 
फुटसल प्रतियोगिताको फाइनल भोली चैत्र १५ गते बिहान ९ः३० बजे वानेश्वर ओम शान्ति चोकस्थित शान्तिनगर फुटसलमा हुने महासंघका सचिव एवम् फुटसल प्रतियोगिताका संयोजक प्रकाश थापाले बताउनु भयाे ।