मिडिया काउन्सिल विधेयकमा रहेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरोधी प्रावधानको संशोधनकाे माग गर्दै ‘प्रेस स्वतन्त्रतासभा’ आयोजना

मिडिया काउन्सिल विधेयकमा रहेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरोधी प्रावधानको संशोधनकाे माग गर्दै ‘प्रेस स्वतन्त्रतासभा’ आयोजना



Jul 5, 2019

असार २० , काठमाडाैं । मिडिया काउन्सिल विधेयकमा रहेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरोधी केही प्रावधानको संशोधनलगायतको माग राखी नेपाल पत्रकार महासंघले घोषणा गरेको तेश्रो चरणको आन्दोलनको क्रममा महासंघले आज बृहत ‘प्रेस स्वतन्त्रतासभा’ आयोजना गरेको छ । नागरिक अभियन्ता कृष्ण पहाडीले सरकारलाई माफियाले गाँजेका कारण सरकारले माफिया माथिको समाचार सञ्चारमाध्यममा नआओस भनेर मिडिया विरोधी विधेयक ल्याएको बताउनुभयो । उहाँले प्रेस स्वतन्त्रता तथा अभिव्यक्ति स्वतन्त्रता आधारभूम मानवअधिकार रहेको भन्दै सञ्चारमाध्यमको दुरुपयोग हुनसक्ने तर्फ भने सबैजना सचेत हुनुपर्ने बताउनुभयो ।

नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले महासंघले प्रेस स्वतन्त्रता विरोधि विधेयकको विरोधमा आन्दोलन गरेको दुई महिना पुग्दा समेत सम्बन्धीत निकायले महासंघको चासो तथा आन्दोलनको बारेमा सम्बोधन नगरेको बताउनुभयो । उहाँले महासंघले रहरले नभइ जनताको अभिव्यक्ति स्वतन्त्रताको पक्षमा आन्दोलन गरेको धारणा राख्नुभयो । प्रेस काउन्सिलका पूर्व अध्यक्ष राजेन्द्र दाहालले सरकारले ल्याएको प्रेस स्वतन्त्रता विरोधी विधेयक ल्याएर सरकारको नियत स्पष्ट भएको बताउनुभयो ।

सरकारले सोकारवालासंग छलफल नै नगरि विधेयक ल्याएको कारण सरकार नै विबाधित भएको बताउनुभयो । उहाँले प्रेससंग सरोकार राख्ने सबै विषयबस्तुहरुमा महासंघको प्रत्यक्ष सहभागितामा गराउनुपर्ने धारणा राख्नुभयो । महासंघका प्रर्व अध्यक्ष शिव गाँउलले जनताबाट चुनिएको भनिएको नेत्रित्व स्वयं विचार तथा अभिव्यक्ति स्वतन्त्रताको कुरामा मुलत पत्रकारहरुमाथि तथा आमसञ्चारमाध्यममाथि चर्को सजाय गर्ने नियतबाट आइरहेको बताउनुभयो । उहाँले आमसञ्चार तथा पत्रकारितमा माथि चर्को दण्ड सजाय थोपरे सरकार जनताको विचार तथा अभिव्यक्ति स्वतन्त्रता माथि नियन्त्रण गर्न खोजेको बुझिएको बताउनुभयो । कार्यक्रममा बोल्दै महासंघका महासचिव रमेश विष्टले नेपालमा प्रेस स्वतन्त्रता कुण्ठित गर्ने र स्वतन्त्र ढंगले पत्रकारिताको वातावरणलाई समाप्त पार्ने किसिमबाट सरकारले मिडिया सम्बन्धी विधेयक ल्याएका कारण महासंघ आन्दोलनमा उत्रिन बाध्य भएको बताउनुभयो । उहाँले सरकारले ति विधेयक प्रेस स्वतन्त्रता मैत्री नबनाए महासंघ चौथो चरणको आन्दोलनमा जान बाध्य हुने बताउनुभयो ।