१ सय ९१ जना पत्रकारको पिसिआर विधिबाट कोरोना परिक्षणकालागि स्वाब संकलन

१ सय ९१ जना पत्रकारको पिसिआर विधिबाट कोरोना परिक्षणकालागि स्वाब संकलन



May 19, 2020

जेठ ६, काठमाडौं । नेपाल पत्रकार महासंघ, केन्द्रीय समितिको आयोजना तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसंगको संमन्वयमा आज महासंघमा केन्द्रीय कार्यालयमा अग्र मोर्चामा खटिएर काम गरिरहेका १ सय ९१ जना सञ्चारकर्मीको कोरोना भाइरस (कोभिड –१९) परिक्षणकालागि स्वाब संकलन गरिएको छ ।
सोक्रममा स्वाब संकलनकालागि खटिनुभएका स्वास्थ्यकर्मीहरुलाई नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले हालको अवस्थामा जोखिम मोलेर सेवा दिनुभएकोमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तथा सेवा दिने कर्मचारीप्रति हार्दिक धन्यबाद व्यक्त गर्नुभयो । उहाँले आज स्वास्थ्य परिक्षण गरिएका सबै पत्रकारहरु कोरोना संक्रमणको जोखिम मोलेर सूचना संकलनमा अग्रस्थानमा खटिएका पत्रकार रहेको भन्दै परिक्षण गरिएका पत्रकारको नतिजा नेगेटिभ आउने आशा व्यक्त गर्नुभयो । 
त्यस्तै मेडिकल ल्याब एसोसियसन अफ नेपाल (मेलानका) अध्यक्ष राजेन्द्र खड्काले कोरोना भाईरस नेपालमा समेत भित्रिसकेको अवस्थामा प्रयोगशालामा कामगर्ने जनशक्तिका लागि अतिनै संवेदनशिल रहेको भन्दै त्यसतर्फ सरकारले विशेष ध्यान दिनुपर्ने बताउनुभयो । 
मेलानका संस्थापक अध्यक्ष कृष्णप्रसाद रिजालले स्वस्थ्य प्रयोगशालामा काम गर्ने जनशक्ति न्यून रहेको भन्दै सरकारले सहि तरिकाले प्ररिचालन गर्नेपर्ने बताउनुभयो । उहाँले निजि क्षेत्रका स्वास्थ्यकर्मीहरुलाई समेत सरकारले कोरोना भाइरस संक्रमण रोक्नका लागि परिचालन गर्नुपर्नेे धारणा राख्नुभयो ।