पत्रकारिता क्षेत्रमा कोभिड–१९ को प्रभाव सर्वेक्षणको प्रारम्भिक नतिजा सार्वजनिक 

पत्रकारिता क्षेत्रमा कोभिड–१९ को प्रभाव सर्वेक्षणको प्रारम्भिक नतिजा सार्वजनिक 



Sep 21, 2020

असोज ५, काठमाडौं । नेपाल पत्रकार महासंघले पत्रकारिता क्षेत्रमा कोभिड–१९ को प्रभाव सर्वेक्षणको प्रारम्भिक  नतिजा सार्वजनिक गरेको छ । सेयरकाष्ट इनिसएिटिभक नेपालको सहकार्यमा महासंघले गरेको सर्वेक्षणको नतिजा भर्चुअल माध्यमबाट कार्यक्रमगरी सार्वजनिक गरिएको हो । 
कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले कोभिड १९ महामारीको समयमा पत्रकारको पेशागत समस्या तथा सञ्चारमाध्यमले भोग्नुपरेको अवस्थाको यथार्थता थाहा पाउन सर्वेक्षण गरिएको बताउनुभयो । 
महासंघका पूर्व सभापति डा.सुरेश आचार्यले सञ्चारगृहले कोरोनाको बहानामा पत्रकारलाई पेशाबाट बञ्चित गर्न नमिल्ने बताउनुभयो । उहाँले मिडिया सञ्चालकहरुले वर्षौंदेखि कमाएको नाफालाई बिर्सिएर केही महिनाको घाटा देखाउँदै मिडिया बन्द गर्ने र पत्रकार निकाल्ने काम गर्नु गलत भएको बताउनु भयो । 
यस्तै महासंघका पूर्व सभापति तारानाथ दाहालले सर्वेक्षणमा सहभागी पत्रकारहरुले पेशाप्रति देखाएको आशाले उत्साहित बनाएको बताउनुभयो । उहाँले यो सर्वेक्षणको नतिजाले नेपाली पत्रकारिता क्षेत्रमा कोभिड १९ का कारण सृजना भएको अवस्थालाई स्पष्ट पारेको बताउनु भयो ।
महासंघका पूर्व अध्यक्ष शिव गाँउलले सर्वेक्षणले कोभिड १९ महामारीले पत्रकारको पेशागत सुरक्षामा ठूलो असर पारेकाले पेशागत संकटमा परेका पत्रकारको बारेमा महासंघले पहल कदम लिनुपर्ने धारणा राख्नुभयो । 
शेयरकास्टका अनुसन्धानकर्ता मधु आचार्य र भूमी चापागाइँले सर्वेक्षणमा अपनाइएको विधि र नमुना छनौटका बारेमा प्रकाश पार्नुभयो । त्यसैगरी कार्यक्रमका सहजकर्ता एवं महासंघका सचिव प्रकाश थापाले सर्वेक्षणको नतिजाले अहिलेको विषम परिस्थितिबाट सिंगो पत्रकारिता क्षेत्र माथि निस्कनु कोसेढुंगा सावित हुने बताउनु भयो ।
कार्यक्रममा महासंघ केन्द्रीय समितिका पदाधिकारी एवं सदस्यहरु, प्रदेश, जिल्ला, प्रतिष्ठान र एसोसियटका अध्यक्षहरु लगायत सञ्चारविज्ञहरुको सहभागिता रहेको थियो ।
सर्वेक्षणको प्रारम्भिक नतिजा यसैसाथ संलग्न गरिएको छ ।

 Download