प्रेस स्वतन्त्रताको विषयमा सरकारलाई सचेत बनाइराख्छौं : अध्यक्ष, मानव अधिकार आयोग 

प्रेस स्वतन्त्रताको विषयमा सरकारलाई सचेत बनाइराख्छौं : अध्यक्ष, मानव अधिकार आयोग 



May 3, 2021


बैशाख २०, काठमाडौं । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासंघले प्रेस स्तन्त्रता तथा पत्रकार सुरक्षाको अवस्था समेटिएको बार्षिक प्रतिवेदन, संघ तथा प्रदेश सरकारले बनाएका मिडियासम्बन्धि केहि कानुनुहरूकाे विश्लेषण र अन्तराष्ट्रिय पत्रकार महासंघले तयार गरेको दक्षिण एसिया प्रतिवेदन सार्वजनिक गरेको छ । पत्रकार महासंघले भर्चुअल माध्यमबाट आयोजना गरेको कार्यक्रमका प्रमुख अतिथि एवं राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष टोप बहादुर मगरले विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा शुभकामना दिदै मानिसको जीवनमा सूचनाले महत्तपूर्ण भूमिका खेल्ने चर्चा गर्नुभयो । 
उहाँले मानवअधिकार र अभिव्यक्ति स्वतन्त्रताको संरक्षण र सम्वद्र्धनमा राष्ट्रिय मानवअधिकार आयोग प्रतिवद्ध रहेको भन्दै यस विषयमा  महासंघसंग सदैब सहकार्य गर्दै अघि बढ्ने बताउनुभयो । उहाँले आयोगका तर्फबाट पे्रस स्वतन्त्रताको विषयमा नेपाल सरकारलाई निरन्तर सचेत गराउने र निर्देशन दिने काम गरिरहेको बताउनुभयो ।
कार्यक्रमका विशिष्ट अतिथि निर्वाचन आयोजका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले प्रेस तथा अभिव्यक्ति स्तन्त्रताको सवालमा महासंघले खेलेको भूमिकाप्रति उच्च सम्मान व्यक्त गर्नुभयो । उहाँले सञ्चारमाध्यम स्वतन्त्र भएन भने निर्वाचनमा निपष्क्षता र सुरक्षा कायम हुन नसक्ने भन्दै पत्रकारिताले निगरानी, पहरेदारी र खबरदारी गर्नुपर्ने धारणा राख्नुभयो । 
नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा कानूनी, भौतिक र पेशागत असुरक्षा जस्ता चुनौति कायम रहेको बताउनुभयो । उहाँले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका लागि महासंघले जस्तोजुकै कदम चाल्ने प्रतिकृया पनि जनाउनुुभयो ।  
महासंघका बरिष्ठ उपाध्यक्ष रमेश विष्टले प्रेस स्वतन्त्रताको जर्गेनासंगै व्यवसायीक पत्रकारिता र पत्रकारको चौतर्फी विकासमा केन्द्रीत हुने बेला आएको बताउनुभयो । 
महासंघका महासचिव रोशन पुरीले नेपाल पत्रकार महासंघले तयार पारेका प्रेस स्वतन्त्रता सम्बन्धी बार्षिक प्रतिवेदनका विषयवस्तुलाई संक्षिप्तमा राख्नुभएको थियो । 
कार्यक्रममा युएनडिपीका आवसीय प्रतिनिधि, युनेस्कोका राष्ट्रिय प्रतिनिधि, आइएफजे एसिया प्यासिफिकका नेपाल प्रतिनिधिले शुभकामना दिनुभएको थियो । 
त्यसैगरी महासंघका पूर्व सभापतिहरु डा. सुरश आचार्य, तारनाथ दाहाल, धर्मेन्द्र झा, अध्यक्षहरु शिव गाँउले, डा. महेन्द्र विष्ट, महासंघका सल्लाहकार निमर्ला शमाले शुभकामना व्यक्त गर्दै प्रेस स्वतन्त्रताको पक्षमा सामुहिक अभियानको खाँचो भएको धारणा राख्नुभयो । 
कार्यक्रममा सञ्चारिका समुहकि अध्यक्ष नितु पण्डित, क्रियाशिल महिला पत्रकारकी अध्यक्ष निर्मला आचार्य लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो भने महासंघका कार्यक्रम प्रमुख हिरण्य जोशीले सहजीकरण गर्नुभएको थियो ।