पत्रकारिता अध्ययनरत विद्यार्थीद्वारा महासंघ भ्रमण

पत्रकारिता अध्ययनरत विद्यार्थीद्वारा महासंघ भ्रमण



Mar 13, 2022

फागुन २९, काठमाडौं । ख्वोप क्याम्पस भक्तपुरमा पत्रकारिता विषय लिई स्नातक तह दोस्रो बर्षमा अध्ययनरत विद्यार्थीहरुले नेपाल पत्रकार महासंघ, केन्द्रीय कार्यालयको शैक्षिक भ्रमण गरेका छन् । विद्यार्थीहरुलाई स्वागत गर्दै महासंघका अध्यक्ष विपुल पोख्रेलले महासंघको संक्षिप्त परिचय दिनुभयो । उहाँले पत्रकारिता क्षेत्रमा रहेका अवसर र चुनौतिका बारेमा अवगत गराउदै विद्यार्थीहरुले राखेको जिज्ञासा मेट्ने प्रयास गर्नुभएको थियो । महासंघका कोषाध्यक्ष कलेन्द्र सेजुवालले सैद्धान्तिकसंगै व्यवसायीक अभ्यासमा पनि सक्रिय हुन विद्यार्थीहरुलाई सुझाव दिनुभएको थियो ।