महासंघको पदभार हस्तान्तरण कार्यक्रम सम्पन्न

महासंघको पदभार हस्तान्तरण कार्यक्रम सम्पन्न



Aug 25, 2017

नेपाल पत्रकार महासंघको २५औं महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई पदभार हस्तान्तरण महासंघमा आज सम्पन्न भएको छ ।

नव निर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिदै सभामुख ओन्सरी घर्तिमगरले पत्रकारको भूमिका महत्वपूर्ण रहेको बताउदै समाज विकासका निम्ति समय सापेक्ष देश र जनताको भावना र मर्म अनुसार पत्रकार महासंघ तथा पत्रकारहरुले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने धारणा राख्नुभयो । उहाले निवर्तमान कार्यसमितिलाई आफ्नो पूर्ण कार्यकाल सफल पारी पदभार हस्तान्तरण गरेकोमा धन्यबाद व्यक्त गर्नु भयो । 

महासंघका नवनिर्वाचित अध्यक्ष गोविन्द आचार्यले निवार्चनको परिणामसंगै आफुहरु कुनै गुट र झुण्डको पछि नलागेर सम्पूर्ण पत्रकारको हक हितमा लाग्ने विचार राख्नु भयो । उहाँले पत्रकार महासंघ पत्रकारको साझाँ मन्दिर रहेको बताउदै पत्रकारका एजेण्डामा केन्द्रित हुने बताउनु भयो । 
पत्रकार महासंघका निवर्तमान अध्यक्ष डा.महेन्द्र विष्टले नव निर्वाचित कार्यसमितिलाई बधाइ तथा कार्यसफलताको शुभकामना दिदै आफ्नो कार्यकालमा विनासकारी भुकम्पको सामना,भारतीय नाकाबन्दी झेल्नु परेको भएतापनि संविधानमा पूर्ण प्रेस स्वतन्त्रताको अधिकार समावेश गर्न सफल भएको बताउनु भयो । यहाले प्रेस स्वतन्त्रताका सवालमा उल्लेख्य कार्य गर्नुका साथै पत्रकारका निम्ति विभिन्न कोषको स्थापना गर्नुकासाथै पत्रकार तथा संञ्चारमाध्यमलाई विभिन्न पुरस्कार र सम्मान गरिएको बताउनु भयो ।


भदौ ४ र ५ मा सम्पन्न महासंघको २५ औं महाधिवेशनबाट अध्यक्षमा गोविन्द आचार्य निर्वाचित हुनुभएको छ भने उपाध्यक्षमा विपुल पोख्रेल तथा आदिवासी जनजाति उपाध्यक्षमा दिलिप थापा मगर निर्वाचित हुनु भएको छ । त्यसैगरि महासचिवमा रमेश विष्ट निर्वाचित हुनुभएको छ ।  सचिवमा रामप्रसाद दाहाल (खुल्ला), लक्ष्मी पुन (महिला), उदय जी.एम. (आदिवाशी जनजाती), शीतलप्रसाद महतो (मधेसी), रेमबहादुर विश्वकर्मा (दलित), प्रकाश थापा  (एसोसिएट) निर्वाचित हुनु भएको छ । कोषाध्यक्षमा राजेश मिश्र निर्वाचित हुनु भएको छ । त्यसैगरि सदस्यमा जन्मदेव जैसी (खुल्ला), हरिहर सिंह राठोर (खुल्ला), नकुल अर्याल (खुल्ला), लक्ष्मण कार्की(खुल्ला), टेकराज शाही (खुल्ला), सृजना अर्याल (महिला), जानुका बराल (महिला), श्वेता सिन्हा (महिला), गोपाल बराइली (दलित), मधु शाही (दलित),टेकराज थामी (आदिबासी), राजेश चाम्लीङ राई (आदिबासी), अवधेश कुमार झा (मधेशी), सुरेश कुमार यादव (मधेशी), माधवप्रसाद चम्लागाई (अपाङ्ग), छेटु शेर्पा (अल्पसंख्यक), उद्धव तिमिल्सिना (प्रदेश नं १), सटेन्द्र जवेगु (प्रदेश नं १), देवकुमार यादव    (प्रदेश नं २), शैलेन्द्र झा (प्रदेश नं २),द्धारिका काफ्ले (प्रदेश नं ३), कृष्ण गिरी (प्रदेश नं ३), नविनराज कुइकेल (प्रदेश नं ४), रामकृष्ण ज्ञवाली   (प्रदेश नं ४), पुरुषोत्तम सुवेदी (प्रदेश नं ५), बसन्त गिरी (प्रदेश नं ५), पूर्णप्रसाद चौलागाई (प्रदेश नं ६), कलेन्द्र सेजुवाल (प्रदेश नं ६), मिन बम (प्रदेश नं ७), श्यामदत्त भट्ट÷उत्तर सिंह विष्ट  (प्रदेश नं ७), लेखनाथ न्यौपाने (उपत्यका ८), गोविन्द चौलागाई  (उपत्यका ८), यम विरही (प्रतिष्ठान ९),टिकाराम प्रधान   (प्रतिष्ठान ९),पवन आर्चाय (एसोसिएट १०), राधेश्याम दाहाल  (एसोसिएट १०) निर्वाचित हुनु भएको छ । त्यसैगरि लेखासमिति संयोजकमा रोशन पुरी निर्वाचित हुनु भएको छ भने  लेखा समिति सदस्यमा भुपेन्द्र आचार्य (खुल्ला) र मिरा राजभण्डारी (महिला) निर्वाचित हुनु भएको छ ।