कर्णाली प्रदेशमा कार्यरत पत्रकारका लागि लैङ्गिक संवेदनशील आर्थिक पत्रकारिता तालिमको आवेदन म्याद गरिएकाे सूचना 


प्रकाशित मिति: २०८३ मंङ्सिर ११ गते ।  


नेपाल पत्रकार महासंघले कर्णाली प्रदेशमा कार्यरत पत्रकारहरूका लागि सञ्चालन गर्न लागेको तीनदिने आर्थिक पत्रकारिता (महिला उद्यमशीलता प्रवद्र्धन) तालिममा सहभागी हुन आवेदन दिने म्याद थप गरेको छ । यसअघि २०८३ मंसिर ५ गतेसम्म आवेदन दिन सकिने व्यवस्था गरिएकोमा अब २०८३ मंसिर १३ गतेसम्म आवेदन दिन सकिनेछ ।

महिला आर्थिक सशक्तीकरणका विषयमा सार्थक र प्रभावकारी समाचार तथा सामग्री उत्पादन गर्न पत्रकारहरूको क्षमता अभिवृद्धि गर्ने र आर्थिक पत्रकारितालाई लैङ्गिक संवेदनशील बनाउने उद्देश्यले तालिम आयोजना गर्न लागिएको हो ।

तालिममा कर्णाली प्रदेशमा कार्यरत पत्रकारहरूका साथै काठमाडौं उपत्यकामा आर्थिक विषयमा रिपोर्टिङ गरिरहेका दुई जना पत्रकारलाई समेत सहभागी गराइनेछ ।  

तालिममा सहभागी हुन इच्छुक पत्रकारहरूले तोकिएको म्यादभित्र अनलाइन आवेदन फाराम भर्नुहुन अनुरोध गरिन्छ ।

तालिममा सहभागी हुन आवश्यक योग्यता तथा सर्तहरू

१. कर्णाली प्रदेशमा कार्यरत पत्रकार हुनुपर्नेछ।

२. पत्रकारितामा कम्तीमा पाँच वर्षको कार्यअनुभव भएको हुनुपर्नेछ।

३. आर्थिक विषयमा रिपोर्टिङ गरिरहेको वा आर्थिक पत्रकारितामा रुचि र अनुभव भएको पत्रकारलाई प्राथमिकता दिइनेछ।

४. आधारभूत पत्रकारिता तालिम लिएको पत्रकारलाई प्राथमिकता दिइनेछ ।

५. आफू कार्यरत सञ्चारमाध्यमको सिफारिसपत्र र तालिम अवधिभर सहभागी हुन बिदा उपलब्ध गराइएको पत्र पेस गर्नुपर्नेछ ।

६. तालिमपछि महिला उद्यमशीलतासम्बन्धी कम्तीमा तीनवटा समाचार वा रिपोर्ट तयार गरी आफू कार्यरत सञ्चारमाध्यमबाट प्रकाशन वा प्रसारण गर्न सकिने प्रतिबद्धतासहितको पत्र पेस गर्नुपर्नेछ ।

 

तालिमसम्बन्धी विवरण

तालिमको विषय ः आर्थिक पत्रकारिता (महिला उद्यमशीलता प्रवद्र्धन)

अवधिः तीन दिन

तालिम सञ्चालन मितिः २०८३ मंसिर १९ देखि २१ गते गतेसम्म

आवेदन दिने अन्तिम मितिः २०८३ मंसिर १३ गते

लक्षित क्षेत्रः  कर्णाली प्रदेश तथा काठमाडौं उपत्यका

थप जानकारीका लागि नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालयमा सम्पर्क गर्न सकिनेछ।

नेपाल पत्रकार महासंघ
केन्द्रीय समिति
 

लैङ्गिक संवेदनशील आर्थिक पत्रकारिता प्रशिक्षण आवेदन फारम