महासंघका पूर्वसचिव एवं काउन्सिलका कार्यवाहक अध्यक्ष श्रेष्ठलाई मातृशोक
 
 
मिति ः २०७५।०३।२१
नेपाल पत्रकार महासंघका पूर्वसचिव एवं प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठलाई मातृशोक परेको खवरले नेपाल पत्रकार महासंघ दुःखी र स्तब्ध भएको छ । श्रेष्ठकी ७७ वर्षीया माता नारायणदेवी श्रेष्ठको असार २० गते साँझ निधन भएको हो । उहाँ लामो समयदेखि विरामी परी उपचाररत हुनुहुन्थ्यो । स्वर्गीय श्रेष्ठका दुई छोरा र दुई छोरी हुनुहुन्छ ।
 
नेपाल पत्रकार महासंघ स्वर्गीय माताप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ र उहाँको आत्माको चिरशान्तिको कामना गर्दछ । साथै, दुःखको यस घडीमा महासंघका पूर्वसचिव एवं काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठसहित शोकसन्तप्त परिवारजनप्रति महासंघ गहिरो समवेदना व्यक्त गर्दछ ।
 
........................
रमेश विष्ट
महासचिव

 Download